काठमाडौं । शुक्रबार दिउसो चलेको हल्लाले शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी हैरानीमा परे ।
शुक्रबार उनलाई कोरोना संक्रमणको आशंका गरिएकाले संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको खबर बाहिरिएको थियो ।सो खबरका कारण दिनभर फोन बजेर उनी हैरान परे र सार्वजनिक रुपमा यसबारे स्पष्ट पारे ।
सामाजिक सञ्जाल फेसबुकमा उनले आफूलाई कोरोना लागेको आशंका भन्दै लेखिएको समाचारले अन्योल सृजना गरेको र यस्तो नभएको प्रष्ट पारे ।
गत सोमबार अधिकारीको अध्यक्षतामा नगर विकास कोषको बैठक बसेको थियो । बैठकमा सहभागी भएका वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनले फेसबुकमार्फत सोही कारण सहभागीहरुको स्वाब परीक्षण गरेको उल्लेख गरेका छन् । स्वास्थ्य प्रोटोकलमा नै यस्तो व्यवस्था भएको समेत उनले जनाएका छन् ।
उनी लगायतकाको कोरोना परीक्षण गरिएको खबरसँग उनीमा नै कोरोना आशंका गरिएको बुझिएको छ । अहिलेसम्म उनको परीक्षणको रिपोर्ट भने बाहिरिएको छैन ।