काठमाडौं । एसईई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ।
आगामी मंगलबारसम्ममा एसईई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए।
यो वर्ष एसईईको अंक आन्तरिक मूल्यांकनको आधारमा हुने भएको छ । कोरोना संक्रमणको कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि आन्तरिक मूल्यांकनबाटै अंक दिने तयारी भएको हो ।
यो वर्ष ४ लाख ८३ हजार विद्यार्थीको एसईई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने बताइएको छ ।