Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनकपुरमा जसपा सम्बद्ध युवाहरुको राष्ट्रिय भेला हुँदै


    मंगलबार, साउन १० २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सम्बद्ध समाजवादी युवा संघको राष्ट्रिय भेला मधेश प्रदेशको राजधानी जनकपुरमा हुने भएको छ ।

    काठमाडौंमा सम्पन्न संघका केन्द्रिय समिति बैठकले आगामि साउन ३१ तथा भदौ १ गते दुईदिने राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

    जसपा केन्द्रिय कार्यकारणी सदस्य सुशिला श्रेष्ठ प्रमुख अतिथ्यमा भएको बैठकले संघ सम्बद्ध देशभरिका बिभिन्न तहमा आवद्ध सदस्यहरूको विशाल भेला गर्ने निर्णय गरिएको समाजवादी युवा संघका केन्द्रिय सदस्य तथा मधेश प्रदेश मुख्य सचिव मनिष यादवले जनाएका छन् ।

    295277452_726302412002878_7004334966201934789_n.jpg

    डा.बाबुराम भट्टराई पक्ष कारवाहिमा परेर अर्कै पार्टी बनाउने भएपछि युवाहरुले आफ्नो शक्ति प्रदर्शन गर्न भेला ओजना गर्न लागिएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार