काठमाडौं । रोपाईको समयमा पानि नपर्दा सुख्खाले बेहाल भएका किसानलाई राहत नदिएर मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको जम्बो टोली स्विटजरल्याण्डको शयरमा जाने भएका छन् ।
संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली स्विजरल्याण्डका जान लागेको हो ।
स्वीटजरल्याण्डस्थित एक विश्वविद्यालयको निमन्त्रणामा सरकारको टोली युरोप भ्रमणमा जान लागेको बताइएको छ । एक निजी विश्वविद्यालयको निमन्त्रणा अनुसार करोडौँ रुपैयाँ खर्चेर संघीयताको मोडालिटी अध्ययनको नाममा मुख्यमन्त्री, मन्त्रीहरुको टोली त्यहाँ जान लागेको हो ।
पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सरकारले संघीयताको मोडालिटी अध्ययन गर्नुको कुनै अर्थ नहुदा समेत मुख्यमन्त्री र मन्त्रीहरुको जम्बो टोली करोडौं खर्चेर बिदेश जाने निर्णय क्याबिनेटबाटै पास गरिसकेका छन् ।
मधेस सरकारको टोली भदौ ६ देखी १४ (अगस्त २२ देखि ३०) गतेसम्म स्विटजरल्याण्ड लगायत अन्य युरोपेली देशको प्रमण गर्नेछ ।
टोलीमा मुख्यमन्त्री लालबाबु राउत गद्दी, मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह, युवा तथा अेलकुद मन्त्री बिरेन्द्र सिंह, अर्थमन्त्री शेलेन्द्र प्रसाद साह, छन् ।

यस्तै, प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सांसद रानी शर्मा तिवारी र नेकपा एमालेबाट प्रदेशसभा सदस्य शारदा थापालाई भ्रमणमा जानलागेका हुन् ।
भ्रमण टोलिमा मुख्य न्यायनधिवक्ता दिपेन्द्र झा, प्रदेश सरकारका मुख्य सचिव कृष्णबहादुर राउत, सचिव रञ्जितकुमार यादव लगायतका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
भ्रमणलाई सुनिश्चित गर्न मुख्यमन्त्री गद्दी र मन्त्रीहरुको टोली काठमाडौं आएर अनुमतिसहित आवश्यक प्रक्रियाको प्रवन्ध मिलाएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीसहितको टोलीले परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको तयारी अघि बढाउन लबिङ गरेको बताइएको छ । स्वीटजरल्याण्डसहित युरोपका विभिन्न देशको भ्रमणका लागि भिसा आवेदनको तयारी भइरहेको पनि स्रोतले जनाएको छ ।
मधेस प्रदेश सरकारले असार मसान्तमा बसेको मन्त्रिपरिषद्को बैठकबाट युरोप भ्रमणका लागि निर्णय गरे पनि सो निर्णय गोप्य राखिएको छ ।
मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतले बैठकको निर्णय सार्वजनिक गर्न आलटाल गरे पनि विदेश भ्रमणका लागि मधेस सरकारले तयारी थालेको घुमाउरो पारामा स्वीकार गरेका छन् ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend