Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वअर्थमन्त्री प्रकरण: छानबिन समितिको बैठक आज पनि बस्दै


    सोमबार, साउन ९ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  पूर्वअर्थमन्त्री जनार्दन  शर्मामाथि छानबिन गर्न बनेको   संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ ।

    बजेट निर्माणका बेला बाहिरी व्यक्तिको प्रवेश भएर करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो । सोही छानबिन समितिको बैठक आज सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ । अहिलेसम्म अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

    पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार