Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुखुरा पाल्ने टहरामा जुवाखाल, तीन लाखसहित पक्राउ परे नौ जना


    शुक्रबार, साउन १६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । कुखुरा पाल्न बनाएको टहरामा जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाको टहरामा जुवातास खेलिरहेका उनीहरुलाई ३ लाखसहित समातिएको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले उनीहरु नियन्त्रणमा लिएको हो ।

    महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका दुई घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य, रामेछाप दोरम्बा गाउँपालिका तीन घर भई हाल काठमाडौँ सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठ, ओखलढुङ्गा खिजीकाती गाउँपालिका–९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीयको आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ घर भएका ४७ वर्षीयको दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर रहेका छन् ।

    त्यसैगरी काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडाँै बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौँ ठूलो भ¥याङ बस्ने २८ वर्षीय नारायण थापा मगर पक्राउ परेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार