काठमाडौं । झापाको कचनकवल गाउँपालिका वडा नं.५ पठामारी भन्ने स्थानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सुनकोशी चिया बगानमा कार्यरत ती ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी गराए ।
मृत्यु हुनेमा स्थानिय पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना रहेका पहिचन गरिएको छ ।
उनिहरुको शव खोलासंगै रहेको बयरको रुखमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिएका छन् ।