काठमाडांै । नेपाल प्रहरीले एसएसपीहरुको पदस्थापन गरेको छ । केही दिनअघि बढुवा भएका ३२ एसएसपीहरुको प्रहरीले शुक्रबार पदस्थापन गरेको छ ।
पदस्थापन हुनेहरुमा गणेश चन्द प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखा, सिद्धिविक्रम शाह प्रदेश प्रहरी कार्यालय भैरहवा, सुशीलसिंह राठौर मानवस्रोत विकास बृत्ति विकास महाशाखा, उमाप्रसाद चतुर्वेदी दिल्लीको कन्सुलर छन् ।
त्यसैगरी, दानबहादुर कार्की कर्णाली प्रदेश प्रहरी कार्यालय, डा. मनोजकुमार केसी प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, राजन अधिकारी अख्तियार छन् ।