Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • करका दर हेरफेर प्रकरणः सहसचिव बराल र पौडेल आशंकाको घेरामा


    बिहिबार, साउन ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौै । आर्थिक बर्ष २०७९–०८० को बजेट निर्माण गरिसकेपछि अन्तिममा अनधिकृत ब्यक्तिलाई बोलाएर करका दरहरु हेरफेर गरिएकोबारेमा सडकदेखि संसदसम्म हंगामा खडा गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नै दिए । अनधिकृत ब्यक्ति मन्त्रालयमा बोलाई करका दर हेरफेर गरिएको बिषयमा प्रमुख प्रतिपक्षी एमालेले त बिरोध गर्यो नै, सत्तारुढ दलका सांसद गगनकुमार थापाले समेत राजीनामा माग गर्न पुगेका थिए ।

    सडकदेखि संसदसम्म राजीनामा माग गरेपछि संसदीय बिशेष छानबिन समिति नै बन्यो । बजेट तयार भइसकेपछि प्रस्तुत गर्ने अघिल्लो दिनको राति अनधिकृत ब्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर करका दरहरु हेरफेर गरिएको बिषयमा संसदीय विशेष छानबिन समितिले सीसीटीभी फुटेज माग गर्यो । तर सीसीटीभी फुटेजमा २०७९ जेठ १४ गते राति त्यस्तो कुनै पात्र मन्त्रालयमा गएको देखिएन । रसेन्द्र भट्टराई र अनुजा बानियाँको बारेमा लेख्दा जसरी विश्वसनीयताबारे प्रश्न उठ्यो, करका दर हेरफेर गर्न जेठ १४ गते मध्यराति पूर्व नासु अर्थमन्त्रालय गएको बिषयको समाचारले पनि अनेक प्रश्न उठ्न थालिसकेका छन् । 

    सो दिन राति अर्थमन्त्री जनार्दन शर्मा नै गएको नदेखिएपछि पूर्व नायब सुब्बा र सीएले मन्त्रालयमा गएर करका दर हेरफेर गरेको समाचारको विश्वसनीयतामा प्रश्न उठेको छ । सीसीटीभी फुटेज नभेटिएपछि हार्डडिस्क समेत मगाएर फरेन्सिक ल्याबमा दिइसकिएको छ । तर पनि अनधिकृत पात्र मन्त्रालयमा गएर करका दर हेरफेर गरेको बिषय पुष्टि हुने संभावना कम हुँदै गएको स्रोत बताउँछ ।

    विगतका अर्थमन्त्रीका पालामा करका दर हेरफेर गरी अरबौं फाइदा लिन पल्किएको विशाल ग्रुप र उच्च कर्मचारी संयन्त्रले नै रामेश्वर थापामार्फत् हुँदै नभएको बिषयलाई समाचार बनाएको आशंका प्रकट हुन थालेको छ । अर्थकै उच्च अधिकारीलाई प्रभावमा पार्दा पनि करका दर हेरफेर गर्न नसकेपछि उल्टो मन्त्रीकै बिरुद्ध केही ब्यापारीले काल्पनिक कथा तयारी गरी समाचार लेखाएको सीसीटीभी फुटेज फेलानपरेपछि आशंका उत्पन्न हुन थालेको छ । 

    विगतमा करका दर हेरफेर गरी चकलेट र विद्युतीय गाडीमा अरबौं रुपैयाँ चलखेल गर्ने विशाल ग्रुपजस्तै ब्यापारिक घरानाले नै अहिले आफ्नो स्वार्थ पूरा नभएपछि यस्तो हौवा फिंजाउन सफल भएको घटनाक्रमले पुष्टि गरिरहेका छन् । अर्थतन्त्र संकटमा परेको बेला अर्थमन्त्रालयलाई नेतृत्वबिहीन बनाउने कार्यमा को को संलग्न छन् ?  अर्थमन्त्रालय र मन्त्री शर्मालाई विवादमा पार्नका लागि अनधिकृत ब्यक्ति मन्त्रालयमा गएर करका दर हेरफेर गरेको बनावटी कथा तयार गर्ने कार्यमा राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख सहसचिव भूपाल बराल र त्यसलाई मिडियामा लाने काममा खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार मन्त्रालयभित्रबाट सूचना दिने काम बरालले र त्यसलाई मिडियामा पुर्याउने काम पौडेलले गरेका हुन् । मन्त्री शर्माले बजेट महाशाखाबाट राजस्व ब्यवस्थापन महाशाखामा सरुवा गरेकोमा बराल रुष्ट थिए । मन्त्री शर्माले बजेट महाशाखामा चक्र बुढालाई लगेपछि बराल उनका बिरुद्ध सक्रिय थिए । 

    पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशकबाट ६ महिनामै सरुवा गरिएपछि अपमानित महसुस गर्दै मन्त्री शर्माबिरुद्ध सार्वजनिक रुपमै सामाजिक संजालमा असन्तुष्टि प्रकट गर्दैआएका छन् । पौडेलले अनधिकृत ब्यक्तिले करका दर हेरफेर गरेकोबारेमा समाचार आएकै दिन सामाजिक संजाल ट्वीटरमा कमेन्ट गर्दै ‘मन्त्री शर्माले पाए देशै बेच्छन्’ भनेर लेखेका थिए । सहसचिवद्वय बराल र पौडेलबीच घनिष्ट सम्बन्ध रहँदैआएको छ । पौडेलको मिडिया मालिक र मिडियाकर्मीसँग सम्बन्ध राम्रो भएकाले उनले बरालले दिएको सूचना पुर्याउने काम गरेका हुन् भन्ने स्रोतको दाबी छ । 

    सीसीटीभी फुटेज माग गरिसकेपछि त्यो नदिएको बिषय चर्काउन सहसचिव पौडेलले नै उकासेका थिए । संसदीय विशेष छानबिन समितिले सीसीटीभी फुटेज नभेटेपछि मन्त्री शर्मालाई विवादमा ल्याउन र राजीनामा गराउने तहसम्म पुर्याउनकै लागि यो खेल खेलिएको घटनाक्रमबाट देखिन थालेको छ । संसदीय छानबिनमा मन्त्री शर्माको कसुर प्रमाणित नहुने भएपछि सहसचिव पौडेल प्रधानमन्त्रीपत्नी आरजु राणातिर खनिन थालेका छन् । उनी प्रधानमन्त्री देउवा र आरजुले मन्त्री शर्मालाई जोगाएको भन्दै निकटस्थहरुसँग रोष प्रकट गर्न थालेका छन् । सहसचिव पौडेल र बराल एक बर्षभित्रै सचिव बढुवाको लाइनमा रहेका बरिष्ठ सहसचिव हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार