Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • मालपोतका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय नै सिल


    शुक्रबार, साउन १६ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रणम पुष्टि भएको छ। संक्रमित ३४ वर्षीय एक पुरुष कर्मचारी रहेको थाहा भएको छ ।

    ती कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय नै सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालय सिल गरिएको भनिएको छ ।

    यतिबेला उदयपुरको समुदायमा कोरोना संक्रमण फैलिएकोले बताइएको छ । मालपोत कार्यालयका कर्मचारी भएकाले कर्मचारी र सेवाग्राहीको भिड लाग्ने ठाउँमा भएकाले पनि सङ्क्रमणको जोखिम बढेको छ ।

    अहिले भेटिएका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरु सबैको तत्काल कन्ट्रयाक ट्रेसिङको काम सुरु भैसकेको स्थानीय अधिकारीले जनाएका छन् । उदयपुर जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८८ जना पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार