Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा डुङ्गा दुर्घटना: मृत्यु हुनेको संख्या पचास पुग्यो


    बुधबार, साउन ४ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सांकेतिक तस्विर

    एजेन्सी । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको संख्या  ५० पुगेको अधिकारीहरूले बताएका छन् ।
    करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो । अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् ।

    अधिकारीहरूले भने, ‘अहिलेसम्म प्रायजसो महिला तथा केटाकेटीहरूगरी २६ वटा जना मृत फेला परेका छन् र सोही सङ्ख्यामा मानिसहरू वेपत्ता छन् ।’
    जिल्ला प्रशासन कार्यालयका प्रवक्ता कशिफ निसार गिलले एएफपीसँग भनेका छन् , ‘डुङ्गा दुर्घटना भएको ४८ घण्टाभन्दा बढी भइसक्यो । त्यसैले पानीमा कोही जीवित फेला पर्ने सम्भावना क्षीण छ । यद्यपि उनीहरूको खोजी जारी रहेको छ ।’

    दुर्घटनामा परेका झण्डै आधा यात्रु नदीमा पौडी खेलेर जीवन बचाउन सफल भएका पनि बताइएको छ । जीवितहरूमध्ये धेरै पुरुषहरू पौडी खेलेर नदीको किनारमा निस्केका गिलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार