काठमाडौं– मंसिरमा हुने भनिएकोको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले २२ दिने बिशेष अभियान सञ्चालन गर्ने भएको छ ।
हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे अनुसार आउँदो भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रूपमा विशेष अभियान सञ्चालन गरिने कांग्रेस केनिद्य्रय कार्यालयले जनाएको छ ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर होमिने निर्णय गरिसकेको कांग्रेसले गठबन्धनको औचित्य र कांग्रेसको आगामी रणनितिबारे घरघरमा प्गेर नागरिकलाई जानकारी दिने छ ।
कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले यसअघी स्थानिय निकाय निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका थिए । निर्वाचनमा कांग्रेस पहिलो शक्ति बनेको छ ।
गठबन्धनको बलमा प्रदेश तथा संघमा समेत आफु पहिलो शक्ति बन्ने दाउंमा रहेको कांग्रेसले गठबन्धनलाई निरन्तरता दिने निर्ण गरेको हो ।
भदौ २ गतेदेखी गर्न लागिएको अभियान निर्वाचनसँग प्रत्यक्ष जोडिएको नेताहरुले जनाएका छन् । वडादेखि प्रदेश र केन्द्रसम्मका नेतृत्वको क्रियाशीलतामा पुनः पहिलो दल बन्ने तयारीस्वरुप अभियान सञ्चालन गर्न लागिएको बुझिएको छ ।
अभियानका क्रममा कांग्रेस नेतृत्वको सरकारले एक वर्षमा गरेका कार्यहरूको प्रचार गर्ने, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गर्न चुकेका कामहरू र दुईपटक विघटन गरेको संसद्को विषय लिएर पुनः जनतामाझ जाने तयारी गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend