काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सरेका छन् । पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वादहिनताको अवस्था बढेको भन्दै प्रचण्डले समस्या समाधानमा तदारुकता देखाएका हुन् ।
बिहीबार प्रचण्डले ओलीका विश्वास पात्र नेकपा महासचिव विष्णु पौडेलसँग भेटे । खुमलटारमा भएको सो भेटघाटमा प्रचण्डले विवाद समाधान गर्नका लागि आफू र ओलीबीच सम्वाद हुनुपर्ने बताएका थिए । खुमलटार स्रोतले जनाएअनुसार प्रचण्डले पौडेलमार्फत ओलालाई निकास नै निकाल्ने गरी छलफल गर्ने प्रस्ताव राखेका छन् ।
गत साउन १३ को स्थायी समिति बैठक ओलीले एकपक्षीय ढंगले स्थगित गरेका थिए । पछिल्लो समय स्थायी समिति प्रति ओलीको नकारात्मक धारणाको कारण नेकपामा भाँडभैलो मच्चिएको छ ।
ओलीले स्थगित गरेपनि बहुमत सदस्यसहितको स्थायी समिति बैठकले विवाद समाधान गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।
सोहीकारण नै प्रचण्डले पौडेललाई बोलाएर यस्तो प्रस्ताव राखेको बुझिएको छ। गत मंगलबारदेखि नेकपाका दुई अध्यक्षबीच टेलिफोन सम्पर्क समेत हुन सकेको छैन ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend