Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई प्रचण्डको प्रस्ताव, ‘निकास निस्कने गरी छलफल गरौं’


    शुक्रबार, साउन १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सरेका छन् । पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वादहिनताको अवस्था बढेको भन्दै प्रचण्डले समस्या समाधानमा तदारुकता देखाएका हुन् ।

    बिहीबार प्रचण्डले ओलीका विश्वास पात्र नेकपा महासचिव विष्णु पौडेलसँग भेटे । खुमलटारमा भएको सो भेटघाटमा प्रचण्डले विवाद समाधान गर्नका लागि आफू र ओलीबीच सम्वाद हुनुपर्ने बताएका थिए । खुमलटार स्रोतले जनाएअनुसार प्रचण्डले पौडेलमार्फत ओलालाई निकास नै निकाल्ने गरी छलफल गर्ने प्रस्ताव राखेका छन् ।

    गत साउन १३ को स्थायी समिति बैठक ओलीले एकपक्षीय ढंगले स्थगित गरेका थिए । पछिल्लो समय स्थायी समिति प्रति ओलीको नकारात्मक धारणाको कारण नेकपामा भाँडभैलो मच्चिएको छ । 

    ओलीले स्थगित गरेपनि बहुमत सदस्यसहितको स्थायी समिति बैठकले विवाद समाधान गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । 

    सोहीकारण नै प्रचण्डले पौडेललाई बोलाएर यस्तो प्रस्ताव राखेको बुझिएको छ। गत मंगलबारदेखि नेकपाका दुई अध्यक्षबीच टेलिफोन सम्पर्क समेत हुन सकेको छैन । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार