Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेटमणि भन्छन् -मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु


    मंगलबार, साउन ३ २०७९
    610
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने बताएका  छन् ।

     आज (मंगलबार) संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा पनि हाँसेर जाने बताएका हुन् ।
     आजको बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री  मन्त्रालयबाट बिदाई हुँदा रुदै गएको प्रसंगलाई संकेत  गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए ।
    त्यसको जवाफ दिने क्रममा  मन्त्री चौधरीले आउँदा पनि  हाँसेर आएको रजाने बेलामा पनि आफू अझ बढी हाँसेर जाने बताए ।

    मन्त्री चौधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुञ्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार