काठमाडौं । नेपालमा यतिबेला कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। लकडाउन हटाएसँगै संंक्रमितहरु जिल्ला-जिल्ला सहजै हिँड्न थालेसँग संक्रमणको जोखिम ह्वात्तै बढेको छ ।
तर सरकारले यस्तोमा प्रभावकारी काम गर्न नसकेको युवा नेता गगन थापाले आरोप लगाएका छन् । शुक्रबार ट्वीटमार्फत् आक्रोश पोखेका गगनले कोरोना संक्रमण यतिबेला भुसको आगो झैं फैलिएको बताएका छन् ।
बुधबार बाहिर जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुको नमूना स्वाब लिइ परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको थियो । यो सँगै काठमाडौं लगायतको क्षेत्रमा कोरोनाको जोखिम उच्च भएको जनस्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।
यस्तोमा सरकारले कोरोना परीक्षण नबढाएको र अस्पताल केन्द्रित तयारी समेत नगरेको भन्दै भने, ‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त !’
विगतमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका गगनले यो प्रवृत्ति विरुद्ध आवाज उठाउन आव्हान गर्दै भने, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार, अब अति भो!’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend