Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि काठमाडौंमा १८ बर्षमाथिकालाई कोरोनाको ‘बुस्टर डोज’ खोप लागाइने


    मंगलबार, साउन ३ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमा आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको कोरोनाको  (बुस्टर) डोज खोप दिइँदै छ ।
     आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज  दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।  

    आजदेखि साउन ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिएका छन् । 

    ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ । खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार