Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • यस्तो छ आज साउन ३ गते मंगलवारको राशिफल


    मंगलबार, साउन ३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बीच खिन्नता पनि बढ्न सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकांक्षा पूणर् हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मान सम्मान प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार