Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, आयल निगमले के गर्ला ?


    आइतबार, साउन १ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतबाट नेपालमा आउने पेट्रोलियम पदार्थको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि प्रशोधित पेट्रोलियमको मूल्यमा पनि कमी आएको । भारतले नेपालमा पठाउने इन्धनमा समेत मूल्य घटाएर पठाएको छ । आयल निगमले नै भारतबाट इन्धनको मूल्य घटेर आएको स्वीकार गरेको छ । 

    जुलाई १६ मा भारतीय आयल कर्पाेरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ । तर भारतबाट कम मूल्यमा इन्धन आए पनि निगमले भने अझै पनि पेट्रोल र डिजलमा घाटा रहेको जनाएको छ । निगमले पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको दाबी गरेको छ । अझै घाटामै बिक्री गरेकाले पेट्रोलियम पदार्थमा मूल्य घटाउने पक्षमा निगम नरहेको उसको दाबीले स्पष्ट भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार