Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजविराज नगरपालिकाका मेयरमाथि भ्रष्टाचारको मुद्दा


    बुधबार, असार २९ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादव माथि विशेष अदालतमा मुद्दा दायर भएको छ । २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा बिगो दाबी गरी विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

    गहिल कन्स्ट्रक्सनका सञ्चालक भिमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष २०७४/२०७५ मा राजरंगशाला स्तोरन्नती कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सन बीच सम्झौता भए पनि यादवले मापदण्ड विपरीत काम गरेको आरोप रहेको छ ।

    यादवले मापदण्ड विपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा  काम गरेको भन्दाबढी भुक्तानी लिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा कैद र जरिवाना माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार