Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ


    बुधबार, असार २९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बिर्तामोड । झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न  भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो ।  प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको   जनाएको  छ । उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गोली उनले भारतबाट ल्याएको वयान दिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार