Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको २० लाख नगद सहित दुई भारतीय पक्राउ


    बुधबार, असार २९ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् । 

    बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार