काठमाडौं । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा राखिएका एम अधिकारी राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै प्रतिनिधिसभादेखि सडकसम्म उनको राजीनामा माग भइरहेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादीका सांसदहरुले एम अधिकारी अर्थात् महाप्रसाद अधिकारीबारे छानबिन गर्न माग गरेका छन् ।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर एम अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै उक्त व्यक्ति गभर्नर महाप्रसाद नै भएकाले उनीबारे छानविन गरी कारवाही गर्न माग गरेकी छन् ।
सांसद शर्माले भनिन्–राष्ट्र बैंक जस्तो नियामक निकायका गभर्नर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरीत योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ, ती एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने बिषय चर्चामा छ । यसबारेमा छानबिन हुनुपर्छ । अर्थतन्त्र बिग्रदो अवस्थामा छ भन्दै आरोप प्रत्यारोप चलिरहेको छ, यस्तो अवस्थामा केन्द्रीय बैंकको गभर्नर कुनै पार्टीको विभागको सदस्य भएको बिषय सार्वजनिक भएको छ, दलमा आवद्ध भएपछि त्यो ब्यक्तिले दलीय अनुशासन मान्छ कि सरकारको नियम मान्छ ?
त्यस्तै प्रतिनिधिसभामा शून्य समयमा अन्य सांसदहरुले पनि गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरेका छन् । सांसद अन्जना विशंखे र अमृता थापाले अधिकारीमाथि छानबिनको माग गरेका छन् ।
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend