Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय उपसमितिले नेटवर्किङ व्यवसायको छानबिन गर्ने


    बिहिबार, साउन १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले नेटवर्किङ व्यवसायको विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ। समितिले बिहीबार उक्त विषयमा छलफल गर्दै अध्ययनका लागि उपसिमिति गठन गर्ने निर्णय गरेको हो।

    समितिले तत्काल नेटवर्किङ व्यवसायका लागि इजाजत पाएपनि कारोबार गर्न नदिन समेत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ। साथै इजाजत लिने प्रक्रियमा रहेका अन्यको हकमा पनि इजाजत नदिने समितिले निर्देशन दिएको छ।

    समितिले यस विषयमा अध्ययन गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अध्ययन उपसमिति समेत गठन गरेको छ। समितिले उपसमितिलाई १५ दिनको समय दिइएको छ। उपसमितिमा प्रकाश रसाईली,अमृता अग्रहरी,कृष्ण कुमार श्रेष्ठ र सरिता कुमारी गिरी सदस्य रहेका छन्।

    समितिकै छलफलमा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले इजाजत दिँदा गल्ती भएको स्वीकार गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार