Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अश्लिल भिडियो बनाउने युवक पक्राउ


    बिहिबार, साउन १५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । प्रेमिकासँग सम्बन्ध बिग्रेको आक्रोशमा अश्लिल भिडियो सार्वजनिक गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का २० वर्षीय मोहनराज भट्टलाई जबरजस्ती करणी र अश्लिल भिडियो बनाइ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको हो ।

    प्रहरी अनुसन्धानमा ती युवकले साथीमार्फत भिडियो सार्वजनिक गरेको पाइएको छ । सो भिडियो पीडित युवतीको परिवारसम्म पुगेपछि प्रहरीमा उजुरी परेको बताइएको छ । 

    पीडित पक्षले ती युवक विरुद्ध जबरजस्ती करणी गरेको र भिडियो बनाएको उजुरी दिएको छ । भट्टलाई प्रहरीले गत १० साउनमै पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार