Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन उच्च बारमा एमाले–समाजवादी गठबन्धनका शान्तिराम खतिवडाको समूह अत्यधिक मतले बिजयी 


    आइतबार, असार २६ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत बार एशोसिएसन पाटनको अध्यक्षमा शान्तिराम खतिवडाको समूह अत्यधिक मतका साथ बिजयी भएको छ । अध्यक्ष खतिवडासहित १९ पदमै पीपीएलए–एसपीएलए गठबन्धन अत्यधिक मतका साथ बिजयी भएको छ । खतिवडाले १ हजार ६६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत पाएका छन् । शनिबार भएको उच्च बार पाटनको  चुनावमा १ हजार ४ सय ८६ मत खसेको थियो । 

    उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत पाएका छन् उनका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत पाएका छन् । सचिवमा रविन्द्रकुमार ढुंगानाले १ हजार ४८ मत पाएका छन् । महासचिवमा पराजीत शंकरकुमार खड्काले २८३ मत पाएका छन् । 

     पाटन उच्च बारमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेकपा समाजवादी निकट समाजवादी कानुन लयर्स एशोसिएसन (एसपीएलए) सहमतिका साथ निर्वाचनमा उम्मेदवारी दिएका थिए  ।१९ सदस्यीय उच्च अदालत बार एशोसिएसनमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवारी दिएका थिए । 

    उच्च अदालत बारमा खतिवडाको नेतृत्व बिजयी गराउनका लागि दुवै संगठनलाई सहमतिमा ल्याउन भूमिका निर्वाह गरेका पीपीएलएका उपमहासचिव तथा काठमाडौं उपत्यका प्रमुख शिव अर्यालले भने–‘यो प्रचण्ड मतसहितको बिजयले प्रगतिशील शक्तिहरु एक ठाउँमा लाग्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यो समयको माग पनि हो ।’ 

    कसले कति मत पाए ?

    11.jpg

     

    12.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार