Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशुलीमा बेपत्ता


    बिहिबार, साउन १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भाटभटेनी सुपरमार्केट र मेडिकल सामग्री बोकेको कन्टेनर त्रिशुली नदीमा खसेको छ । विराटनगरबाट काठमाडौंतर्फ आइरहेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट आज बिहान त्रिशूली नदीमा खसेको हो । नदीमा खसेको कन्टेनर बेपत्ता भएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना३ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

    बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार