काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नौ एजेण्डामाथि छलफल हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका हुन् ।
तीन चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली, केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौवटा एजेण्डा प्रस्तुत गरेका हुन् ।
सोही क्रममा प्रदेश समितिका अध्यक्ष र इञ्चार्जले आ-आफ्नो प्रदेशको स्थितिबारे रिपोर्ट पेस गर्दा जारी बैठकले नै पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् ।
बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाँच दिनसम्म बैठक राखेर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने बताए भने मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्नेमा जोड दिए ।
स्थानीय तह निर्वाचनमा धाँधली भएकाले छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र अन्तरघात गर्नेहरूलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend