Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन र साम्पाङको जीतपछि स्वतन्त्र उम्मेदवारी दिनेको लहरः इश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको उम्मेदवारी


    आइतबार, असार १९ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह निर्वाचनमा बालेन साह र हर्क साम्पाङहरुको जीतपछि आगामी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर नै चल्ने देखिएको छ । प्रतिनिधिसभाको निर्वाचन घोषणा नै नहुँदै स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरुको ताँती देखिएको छ । टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले स्वतन्त्रका नाममा पार्टी नै खोलेका छन् ।  काठमाडौं उपत्यकाका १५ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरुको लर्को देखिएको छ ।  यसैक्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।

    २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।

    ‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भनेकी छिन, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार