Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी


    बिहिबार, असार १६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्  । 

    बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । 

    चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् ।

    उनी नेपाली राष्ट्रिय पोशाक दौरा सरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।

    नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस  फिलिपिन्सका १७औं राष्ट्रपति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।

    Avatar

     
     
    Avatar

     
     
    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार