Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभद्र व्यवहारको आरोपी राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा


    बुधबार, असार १५ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।

    ‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने । 

    गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ ।

    अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि  छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार