Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनलाई कायम गरेर निर्वाचनमा जाने एकीकृत समाजवादीको निर्णय


    मंगलबार, असार १४ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ । 

    सोमबार र र मंगलबार दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा बसेको केन्द्रीय परिषद बैठकले गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको हो।  ‘चुनावी गठबन्धनबारे कुनै द्विविधा छैन, हामी यही गठबन्धनलाई अघि बढाउँछौँ’, पार्टीका प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले भने, ‘विगतका कमजोरी सच्याउँदै अघि बढ्छौँ। हामी यतिबेला चुनावको पक्षमा छौँ । चुनावका लागि सम्पूर्ण शक्तिसहित अघि बढ्छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार