Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीपकाे पीसीआर रिपाेर्ट नेगेटिभ, भोलि वेष्ट इन्डिजतर्फ लाग्‍ने


    बुधबार, साउन १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेष्ट इन्डिज जाने तयारीमा रहेका स्टार लेगस्पीनर सन्दीप लामिछानेको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सन्दीप भोली वेष्ट इन्डिज प्रस्थान गर्ने तयारी छन् । अहिले जुनसुकै देशमा प्रवेश गर्नका लागि पनि कोरोना नभएको पुष्टि सहित पीसीआर गर्नुपर्ने भएकाले उनले परीक्षण गराएका थिए । 

    बुधबार उनको परीक्षणको रिपोर्ट आएको र रिपोर्टमा कोरोना नेगेटिभ आएको उनका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । सन्दीप बिहीबार चार्टर्ड विमानबाट कोरिया, अमेरिका हुँदै वेष्ट इन्डिज जाने तालिका छ ।

    सन्दीप यो सिजनमा जमैकामा आबद्ध छन् । उनको पहिलो खेल आगामी अगसट १९ मा हुनेछ। सीपीएलमा सन्दीपको प्रदर्शन अहिलेसम्म उत्कृष्ट रहेको छ।

    यी सिजनको सीपीएलमा उनले एक लाख ३० हजार अमेरिकी डलर पाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार