Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु


    मंगलबार, असार १४ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । 

    कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । 

    यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । 

    चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    कञ्चनपुरको पुर्नवास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ–आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । 

    रूपन्देहीको सियारी गाउँपालिका–२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । 

    नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।  

    रामग्राम नगरपालिका–१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार