Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • अन्तर्घातको आरोपमा एमाले कैलालीका अध्यक्ष पदमुक्त


    मंगलबार, असार १४ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको हो ।

    बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए ।

    २३ असारमा एमाले जिल्ला सचिवालयको बैठकले चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी कमिटीको बैठक नराखेकाे भन्दै कारवाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । सो निर्णय सदर गर्दै आगामी १५ साउनभित्र जिल्ला अध्यक्षका लागि निर्वाचन गर्न निर्देशन दिएको सचिव पाठकले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार