काठमाडौं। नेकपा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नै नगरेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए ।
६÷६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए ।
दुई महिना मन्त्रालयकाबारेमा बुझ्न नै समय लाग्छ, अर्काे दुई महिना एजेण्डा बनाउन नै समय लाग्छ,’ उनले भने, ६÷६ महिनामा मन्त्री फेर्दा काम गर्न पाउँदैनन् । यसर्थ निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्छ ।’
मन्त्री फेर्ने विषयमा हालसम्म आफ्नो पार्टीभित्र छलफल नै नभएको जानकारी दिएका उनले भने, ‘१९ असारमा बस्ने केन्द्रीय समिति बैठकमा कसैले कुरा उठाए भने बेग्लै कुरा हो । नत्र अहिलेसम्म मन्त्री फिर्ता बोलाउने विषयमा कुरा भएकै छैन ।’
मन्त्री फेर्र्ने परिपाटीले जनतामा राम्रो सन्देश नजाने र जनताको काम पनि नहुने उनको भनाइ छ ।
आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताउँदै उनले आपसी असमझदारी र कमिकमजोरी सच्याउँँदै उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend