खोटाङ।भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा धाप्लाङ–गाउँपालिकाको कार्यालय–बराहपोखरी, बंशिलाघाट–मौवाबोटे, कम्पुघाट–गाउँपालिकाको कार्यालय, पौवासेरा–गाउँपालिकाको कार्यालय लगायतका सडक अवरुद्ध भएको हो ।
कच्ची सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रु बाहक सवारी साधन चल्न नसकेको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईले बताए । धाप्लाङ–बराहपोखरी र बंशिलाघाट–मौवाबोटे सडक गाउँपालिका र उदयपुर जोड्ने सडक हो । सवारी साधन नचल्दा स्थानीय पैदल यात्रा गर्न बाध्य छन् ।
भारी वर्षाका कारण कतिपय सडक खण्डमाथिबाट पहिरो खसेको छ । सडकको नाली र तारजाली सहितको पर्खाल पहिरोले पुरिनुका साथै बाढीले बगाएको छ । सडकमा ठूला–ठूला ढुंगा खसेको उपाध्यक्ष राईले बताए । अवरुद्ध सडकमा बाइक सञ्चालन गर्न मिल्ने गरी बाटो मर्मत थालिएको छ । सडक खुलाउनका लागि गाउँपालिकाकै जेसिभि प्रयोग गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘ठूला ठूला ढुंगा पल्टिएर सडकमा थुप्रिएको छ । गाडी चल्ने अवस्था छैन,’ उपाध्यक्ष राईले भने, ‘हाललाई बाइक कुदाउन मिल्नेगरी बाटो बनाउने काम भइरहेको छ । जेसिभी पनि पठाउने तयारी गरिरहेका छौँ । तर ठूलो ठूलो ढुंगा जेसिभीले पन्छाउन सक्ने अवस्था छैन ।’
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend