काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिबिरुद्धको रिटको सुनुवाइ फेरि सरेको छ । अर्को सुनुवाईको मिति आगामी २०७९ असार १९ का लागि तोकिएको छ । आज सरकारको तर्फबाट महान्यायाधीवक्ता खम्मबहादुर खाती र अर्का अधिवक्ता भीमार्जुृन आचार्यले बहस गरेका छन् ।
प्रहरी महानिरीक्षक नियुक्तिबिरुद्ध एआइजी बिश्वराज पोखरेलले गएको बैशाख २२ गते दर्ता गरेको रिट हेर्दाहेर्दैमा छ । जुन रिटको सुनुवाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गर्दैछन् । सरकारको तर्फबाट बहस गर्दै महान्यायाधीवक्ता खातीले पोखरेल आइजीपीका दाबेदार हुन्, तर उनी उक्त पदका लागि योग्य होइनन् भन्ने तर्क गरेका छन् ।
निवेदक पोखरेलका कानुन ब्यवसायीको बहस असार ६ गते सकिसकेपछि आज सरकारको तर्फबाट आइजीपी नियुक्तिको बचाउमा बहस गर्ने क्रम सुरु भएको छ ।
एआइजी विश्वराज पोखरेलले बरिष्ठताका आधारमा आइजीपी नियुक्ति नगरी कनिष्टलाई गरिएकाले सरकारको निर्णय रद्द गर्न र आफूलाई आइजीपी नियुक्तिका गर्नका लागि उत्प्रेषणको आदेश माग गर्दै गएको बैशाख २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।