Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ


    सोमबार, असार १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा समाजवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

     आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ खुवाएकी हुन् । आज शपथ लिनेहरुमा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् ।

    यसअघिका पर्यटनमन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक नेकपा एसको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार