Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद लीला सिटौलाको सपथ आज


    बुधबार, साउन १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथग्रहण गर्ने तालिका रहेको छ ।

    सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयको कृषि समितिको हलमा सपथग्रहण गर्ने भएकी हुन् । 

    यसअघिकी सांसद सरिता गिरीलाई पार्टीले कारबाही गर्दै पार्टीको सदस्य र सांसदबाट हटाउँदै जनता समाजवादी पार्टीले समानुपातिकतर्फ खस-आर्य कोटामा दुई नम्बरमा रहेकी सिटौलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो । 

    गत सोमबार उनलाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार