Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन उच्च बारमा एमाले र नेकपा समाजवादीबीच चुनावी तालमेल, पार्टीमा पानी बाराबार, पेशागत संगठनमा मेलमिलाप


    आइतबार, असार १२ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच पानी बारबार जस्तै सम्बन्ध छ । नेकपा समाजवादीलाई  एमालेले पार्टीको मान्यता नै दिएको छैन । गएको बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीको बिभाजित भएकै कारण करिब १ सय पालिका प्रमुख हारेपछि एमालेले ९ महिनाको संसदको गतिरोध अन्त्य गरेको थियो । स्थानीय निर्वाचन लगत्तै पार्टी एकता गर्नुपर्ने कुराहरु आइरहेका छन् ।

    पेशागत संघ संगठनहरुमा पार्टी एकताको सुरुवात उच्च अदालत बार एशोसिएसनको निर्वाचनको पूर्वसन्ध्यामा देखिएको छ । इलाम जिल्ला समन्वय समितिमा एमाले र समाजवादी मिलेर परिणाम आफ्नो पक्षमा पारिसकेका छन् ।

    पाटन बारको नयाँ नेतृत्व छनोटका लागि असार २५ गते चुनाव हुँदैछ ।  पाटन बारमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए)मा आस्था राख्ने कानुन ब्यवसायीहरुको बाहुल्य रहँदैआएको छ । पार्टी बिभाजन भएको र नेकपा समाजवादी निकट समाजवादी कानुन लयर्स एशोसिएसनको पनि उल्लेख्य संख्या भएकाले यो पटक पीपीएलएको गढ तोड्ने दाउमा कांग्रेस निकट कानुन ब्यवसायीहरुको संगठन डीएलए थियो ।

    नेकपा माओवादी निकट आरपीएलएसँग मिल्ने पीपीएलएका केही नेताहरु लागेका थिए । तर एसपीएलएसँगै एकता गर्नेहरुको प्रयासले सार्थकता पाएको छ । काठमाडौं बारमा डीएलएको बाहुल्य छ, ललितपुर बारमा आरपीएलएको प्रभुत्व छ । पाटन उच्च अदालत बारमा पीपीएलए पराजीत हुँदा एमालेप्रति आस्था राख्ने कानुन ब्यवसायीहरुले भावी दिनमा सदस्यता पाउन पनि गाह्रो पर्ने अवस्था देखिन्छ । यही कुरालाई मध्यनजर गर्दै आफूबाटै बिभाजित भएको शक्ति एसपीएलएलाई साथमा लिन पीपीएलए बाध्य भएको छ ।  

    सहमतिअनुसार १९ सदस्यीय उच्च बारमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवार उठाउने भएका छन् । 

    चुनावी तालमेलका लागि पीपीएलएले शिव अर्याल र एपीएलएले मेजर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थिए । पीपीएलए र एसपीएलबीच सर्वोच्च बार एसोसिएसन, काठमाडौं जिल्ला बार एसोसिएसन र ललितपुर जिल्ला बार एसोसिएसनमा पनि मिलेर चुनावमा जाने सहमति भएको छ । पीपीएलएका उपमहासचिव शिव अर्याल पीपीएलए र एसपीएलएलाई मिलाउन मिहीन ढंगले लागेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार