Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले


    आइतबार, असार १२ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।

     आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए ।  

    ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस ? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’ उनले आफू पक्रयामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।  उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार