काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु अन्ततः राजीनामा दिन बाध्य भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको राजीनामापछि नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिने क्रम सुरु भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबारै राजीनामा दिने भएकी छन् ।
नेकपा एकीकृत समाजवादीले ६ महिनामा मन्त्रीहरु परिवर्तन गर्नेगरी सरकारमा पठाएका मन्त्रीहरु बिरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठले राजीनामा दिन अस्वीकार गर्दै पार्टीलाई चुनौती दिंदैआएका थिए । पार्टीले ८ महिनामा उनीहरुको ठाउँमा नयाँ टीमलाई सरकारमा पठाउने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगर्न उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हारगुहार गर्ने, संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर गरेका थिए ।
झाँक्रीले मन्त्रीपदप्रति यति आशक्ति देखाइन् कि उनको पदलोलुपता छर्लङ्ग देखियो । अन्ततः पार्टीको निर्णय मान्न उनी बाध्य भएकी छनु । आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर उनी राजीनामा दिन तयार भएकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउने भएकी छन् । उनलाई सहरी विकास मन्त्रालयले बिदाई कार्यक्रम पनि आजै राखेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend