Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य घटेपछि घट्यो सार्वजनिक यातायातको भाडा


    आइतबार, असार १२ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।नेपाल सरकारले करमा कटोती गर्दै हिजो (शनिबार) राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको हो ।

    आज (आइतवार) यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।यात्रीवाहक सवारीमा ५।४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६।९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।सरकारले डिजेल र मट्टितेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको थियो ।

    यस्तो छ नयाँ भाडा दर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार