काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट खेल्न सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।
हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना भए पनि चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।
प्रतियोगिताका लागि सन्दीप बिहीबार जाने तयारी भैरहेको व्यवस्थापक रमन शिवाकोटीले नेपाल फेसलाई बताए ।
सन्दीप आइतबार वेष्ट इन्डिज पुग्नेछन् । यस वर्षको सीपीएल अगसट १८ बाट हुँदै छ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।
सन्दीप यो सिजनमा जमैकामा आबद्कोध छन् । उनको पहिलो खेल आगामी अगसट १९ मा हुनेछ। सीपीएलमा सन्दीपको प्रदर्शन अहिलेसम्म उत्कृष्ट रहेको छ।