महोत्तरी । ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मतपरिणाम प्रतिकुल आइइाल्छ नि,’ यो भनाइ हो माओवादी केन्द्र महोत्तरीका नेता राजु ढकालको ।
तर, अहिले महोत्तरीमा ढकालले चित्त बुझाएजस्तो माओवादी केन्द्रभित्र अरुले चित्त बुझाएका छैनन् । माओवादी केन्द्रले महोत्तरीमा व्यहोरेको पराजयकै कारण दुई पक्षबीचको तिक्तता यतिबेला उत्कर्षमा छ ।
माओवादी केन्द्रभित्रको संस्थापन खेमा र पूर्व जनमोर्चा खेमामा आरोप–प्रत्यारोप चल्न थालेको छ । विवाद उत्कर्षमा पुग्दै बैठकसमेत छुट्टाछुट्टै राख्न थालिएको छ ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले चारवटा पालिकामा जितेर जिल्लाकै तेस्रो दल बनेको थियो । तर, गत वैशाखमा भएको निर्वाचनमा केही वडाहरू बाहेक कुनै पालिकामा पनि जित हासिल गर्न सकेन ।
यही लज्जास्पद हारको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा आरोपप्रत्यारोपको अवस्था सिर्जना भएको हो । पाटीभित्रैका जिम्मेवार नेता र कार्यकर्ताहरूको अन्तर्घातको प्रतिफल नै पराजयको कारक बनेको संस्थापन पक्षको निष्कर्ष छ भने संस्थापनइतर जनमोर्चा खेमा भने यसलाइ अस्वीकार गर्छ ।
स्थानीय निर्वाचनमा टिकट कसले पायो भन्ने विषयले मुख्य प्राथमिकता राख्ने भएको हँुदा पार्टीले टिकट वितरणमा समेत त्रुटि गरेको संस्थापनइतरको विश्लेषण छ ।
विशेषगरी केन्द्रीय सदस्य राजु खड्का र गिरिराजमणि पोखरेलबीचको तिक्तताले माओवादी केन्द्र महोत्तरीमा तरङ्ग ल्याएको हो । पोखरेल महोत्तरी क्षेत्र न.१ वाट प्रतिनिधि सभा सदस्यमा लगातार तीनपटक निर्वाचित भइसकेका छन् भने राजु खड्का अहिले जिल्लाका इन्चार्ज हुन् ।
खड्का बर्दिबास नगरपालिका मेयरमा पराजित भए । उनले आफ्नो पराजयको दोषसमेत पोखरेल समूहलाई लगाएका छन् । पूर्वनगरप्रमुख विदुरकुमार कार्कीको असहयोग, गिरिराजमणिको निस्क्रियता तथा विशेषगरी जनमोर्चा खेमाको असहयोगकै कारण आफुले हार व्यहोरेको खड्काको तर्क छ ।
तर, पोखरेल समूहले भने आफूहरूले आफ्ना उम्मेदवारलाई जिताउन हरकोसिस गरेको दावी गरेका छन् । पोखरेलसँग निकट मानिने युवा नेता शंकर महतो आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन निकै कोसिस गरेको दाबी गर्छन् ।
मुख्य नेताहरूबीचमा बढिरहेको दूरीको कारणले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत ठूलो असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित् बन्न थालेका छन् ।
संस्थापन पक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न केन्द्रीय पार्टी कार्यालय नै पुगेको थियो । अध्यक्ष प्रचण्डसँगको भेटमा सहभागीहरूले पोखरेल समूहबाट पार्टीलाई भएको असहयोगका कारण हार व्यहोर्नु परेको गुनासो गरिएको थियो । पार्टीले व्यहोर्नुपरेको पराजयका कारण नैतिकताका आधारमा जिल्ला इन्चार्जबाट राजु खड्काले को राजीनामा दिनुपर्ने आवाज पनि उठ्न थालेको एक नेताले बताए । विशाल बस्नेत/न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend