ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रथम नगरसभा सुरु भएको छ ।
गत वैशाख ३० गते गते सम्पन भएको दोस्रो स्थानीय तह निर्वाचनमा मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जन निर्वाचित भएपछि जनप्रतिनिधिले आफ्नो पहिलो नीति र बजेट पारित गर्दै छन् ।
महालक्ष्मी नगरपालिकाको नगरसभाको सुरुमा आगामी वर्षको नीति तथा कार्यक्रम पेस भएको छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नीति तथा कार्यक्रम पेस गरेका थिए ।
प्रमुख प्रशासकीय प्रमुख रोशन ज्ञवालीका अनुसार शुक्रबार नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा सकिनेछ ।