Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीबाट हट्नुपरेपछि यसरी पोखियो रामकुमारीको आक्रोशः अध्यक्ष माधव नेपाल हाम्रा लागि मरेतुल्य


    बिहिबार, असार ९ २०७९
    995
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र फेरिने सूचीमा परेका मन्त्रीहरुबीच चर्काचर्की भएको छ । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन  सहयोगी भूमिका खेल्न अध्यक्ष नेपालले गरेको निर्देशनप्रति दुई जना मन्त्रीले असहमति जनाएका  छन ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् । 

    मन्त्रीबाट हट्नुपरेकोमा सबैभन्दा बढी छटपटी झाँक्रीलाई भएको छ । उनले अध्यक्ष नेपाललाई मुखै छाड्न पछि नपरेको स्रोतले बताएको छ । मन्त्री झाँक्रीले  नेपालतिर संकेत गर्दै अध्यक्ष हाम्रा लागि मरेजस्तै भएको आक्रोश पोखेकी थिइन्, कोटेश्वरमा उनको प्रस्तुति देखेका एक नेताले भने । नेपाल निवास कोटेश्वरमा बिहिवार बिहान  मन्त्रीहरुलाई सहज रुपमा छाडिदिन आग्रह गर्नका लागि नेपालले बोलाएका थिए ।

    नेकपा समाजवादीले ६ महिनामा मन्त्री परिवर्तन गर्ने २०७८ असोज २२ मा सरकारमा पठाएको थियो । तर ८ महिनामा मन्त्री परिवर्तन गर्न खोज्दा पनि पार्टी अध्यक्ष माधव नेपाललाई असहज भएको छ । मन्त्रीहरुको पार्टी नै फेर्ने धम्कीको सामना गर्नुपरेको छ ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार