काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनले संसद्मा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
‘विकसित घटनाक्रमको बारेमा छलफल भयो । मूलरुपमा प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउन प्रस्ताव गर्नुभएको थियो,’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आजको बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्याउने बारेमा छलफल केन्द्रित भएको थियो । नागरिकता विधेयकमा केही प्रक्रियाहरु हुन बाँकी रहेको छ र त्यसलाई चाँडै पूरा गरेर प्रस्तुत हुन्छ ।’
मन्त्री कार्कीले अहिले समाजमा बुबा नागरिक आमा नागरिक हुने तर उनीहरुको सन्तान नागरिकताविहीन भइरहेकाले यसलाई अन्त्य गर्न नागरिकता विधेयक अघि बढाउने निर्णय भएको बताए । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend