अर्घाखाँची। ‘मेयर साप पानी परेपछि हिलोका कारण पाइन्ट घुँडासम्म सारेर हिँड्नुपर्ने अनि हिउँद लागेपछि धुलो उडेर बाटोमा हिँड्नै नसक्ने अवस्था हटाउनुपर्यो,’ सन्धिखर्क नगरपालिकाले आगामी वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा युवा व्यवसायी हरिप्रसाद भुसालको सुझाव हो यो ।
हरिप्रसाद भुसाल मात्र होइन अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठदेखि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रलगायतले पनि मुख्य बजारको सरसफाइमा मुख्य ध्यान दिन आग्रह गरेका थिए । बजार सुन्दर भएमात्रै समृद्ध सन्धिखर्कको नारा सफल हुने उनीहरूको दाबी थियो ।
सन्धिखर्क नगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागी सबैले किसानहरूबाट उत्पादित कृषि उपजको बजारीकरणको साथै आन्तरिक आय बढाउनका लागि नगरपालिकाको ध्यान आकर्षित गरेका थिए । साथै नगरको शैक्षिक विकासको लागि विशेष योजना बनाएर अगाडी बढ्नुपर्नेमा उनीहरूको जोड रहेको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम सहित नगरपालिकाको प्राथमिकताका विषयमा प्रस्ट पारेका थिए । समृद्ध नगरपालिका बनाउनु आफ्नो एकमात्र लक्ष्य रहेको बताउँदै प्रमुख श्रेष्ठले सबैको एकताबाट मात्र त्यो सम्भव भएको बताएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend