काठमाडौं । अर्थमन्त्रालयमा बजेट प्रस्तुत हुने अघिल्लो दिन मध्यरातमा एक पूर्व नायबसुब्बा र एक चार्टर्ड एकाउन्टेन्टलाई राखेर अर्थमन्त्री जनार्दन शर्माले करका दरहरु घटबढ गरी अरबौंको चलखेल गरेको बिषयले सडकदेखि सदनसम्म बिरोधको स्वर गुन्जियो, गुन्जिरहेको छ । ब्यापारीको स्वार्थमा करका दरहरु घटबढ गर्ने जस्तो राष्ट्रघातमा को को संलग्न थिए ? कुन कुन ब्यापारीक घरानालाई लाभ हुनेगरी करका दरहरु हेरफेर गरियो ? करका दरहरु हेरफेर गरिएको त्यसका रहस्यका पाटाहरु एकपछि अर्को खुल्न थालेका छन् ।
अर्थमन्त्रालयमा जेठ १४ गते मध्यराति करका दरहरु हेरफेरका मुख्य डिजाइनर बिचौलिया दीपक भट्ट भएको तथ्य खुलेको छ । मध्यरातमा करका दरहरु हेरफेरका लागि पठाएका नायबसुब्बा रघुनाथ घिमिरे र अहिलेसम्म नाम नखुलेका चार्टर्ड एकाउन्टेन्ट(सीए) बिचौलिया दीपक भट्टका कर्मचारी भएको उच्चस्रोतले बताएको छ । स्रोतका अनुसार भट्टले नै उनीहरुलाई अर्थमन्त्रालयमा बजेटमा चलखेल पठाएका थिए । करका दरहरु घटबढ गराई फाइदा लिन चाहने सबै ब्यापारीसँग डिल गर्ने काम भट्टले नै गरेका थिए ।
अन्तिम रुप दिइसकेको बजेटका करका दरहरु हेरफेर गर्ने जस्तो राष्ट्रघाती कार्य गर्न जेठ १४ गते मध्यरातमा पूर्वनासु र सीए गएको सीसीटीभी फुटेज नै लिएर अर्थमन्त्रालयका केही उच्च अधिकारी प्रधानमन्त्री शेरबहादुर देउवाकोमा गए । उनीहरुले सीसीटीभी फुटेज देखाए । र, करका दरहरु हेरफेर गरी अरबौं चलखेल गरेकोबारेमा प्रधानमन्त्रीलाई सबिस्तार सुनाउन खोजे । तर प्रधानमन्त्री देउवाले त्यसमा कुनै चासो दिएनन्, ‘यस्ता कुराहरु आउँछन्, जान्छन्, तपाईहरु खुरुखुरु काम गर्नुहोस्’ भन्दै पठाए । प्रधानमन्त्रीको उपेक्षाभावपछि कर्मचारीहरु निराशमात्र भएनन्, करका दरहरु हेरफेरमा बालुवाटारसमेत मिलेको सहजै अनुमान लगाए ।
करका दरहरु हेरफेर गर्न बिचौलिया भट्टले बालुवाटारमै डा. आरजु राणासँग सेटिङ गरेको खुल्यो । प्रधानमन्त्रीले नसुनेपछि अर्थमन्त्रालयको त्यो टोलीले बालकोटमा गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वनासु र सीए अर्थमन्त्रालयमा मध्यरातमा गएको सीसीटीभी फुटेज देखायो । र, करका दरहरु हेरफेर गर्दा राष्ट्रलाई भएको नोक्सानको विबरण दियो । अर्थका अधिकारीको कुरालाई गम्भीरतापूर्वक लिएर एमाले अध्यक्ष ओलीले एक दैनिकका संचालकलाई बोलाएर सूचना दिए । पूर्वनासु र सीए राखेर करका दरहरु हेरफेर गरेको समाचार उक्त दैनिकमा सार्वजनिक भयो । समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभादेखि सडकसम्म अर्थमन्त्री शर्माको चर्को बिरोध भयो । तत्काल उनलाई बर्खास्त गर्न माग गर्न थालियो ।
एमालेले सदनमा राष्ट्रघात गर्ने अर्थमन्त्रीलाई बोल्न नदिने निर्णय नै गर्यो । आफ्ना कर्मचारी नासु र सीए अर्थमन्त्रालय गएको सीसीटीभी फुटेज ओलीकोमा पुगेको र करका दरहरु हेरफेर गरिएको समाचार आएकोबारेमा बिचौलिया भट्टले खोजीनीति गरे । बिरोधको स्वर बढ्दै गएपछि बिचौलिया भट्टले यसबीचमा एमाले अध्यक्ष ओलीलाई गुप्तरुपमा भेटिसकेको स्रोतको दाबी छ । बिचौलिया भट्टले ओलीलाई विश्वासमा मात्र लिएनन्, सीसीटीभी फुटेजको फोटोकपीसमेत लिन सफल भएको स्रोत बताउँछ । भट्टले ओलीलाई भेटेपछि करका दरहरु हेरफेर गरिएको बिषयमा एमालेका सांसदहरुको स्वर मत्थर हुँदै गएको छ । भट्टले बालकोट मिलाएपछि संभवतः अब अर्थमन्त्री शर्माका बिरुद्ध एमालेले झिनो बिरोध गर्दै झारा टार्नेछ । र, बिस्तारै यो प्रकरण सामसुम हुनेभएको छ । ओलीकोबाट फोटोकपी समेत उम्काएका भट्टले सीसीटीभी फुटेज बाहिर लाने अर्थमन्त्रालयका ती उच्चतहका कर्मचारीको बिचौलिया पहिचान गरिसकेका छन् । संभवतः ती कर्मचारीलाई केही दिनभित्र अर्थबाटै आउट गर्ने योजनामा भट्ट लागिसकेका छन् । ती कर्मचारीे निशानामा परिसकेका छन् ।
डिफ्याक्टो अर्थमन्त्रीका रुपमा चिनिएका बिचौलिया भट्टको सानेपास्थित घरमा ब्यापारीहरुको जमघट हुने गरेको छ । अर्थमन्त्री शर्मा हरेक साँझ सानेपास्थित भट्टको घरमा पुग्ने गरेको स्रोतले बतायो । स्रोतका अनुसार उक्त घरमा गृहमन्त्री बालकृष्ण खाँण, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेसका पत्रकारहरुबीच प्रधानमन्त्री पत्नी आरजु राणाका कारिन्दा भनेर चिनिने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि सानेपाको उक्त घरमा आउजाउ हुने गरेको छ । र, त्यही घरमा ब्यापारी, मन्त्री र राज्यमन्त्रीलाई राखेर बिचौलिया भट्टले बजेटमा करका दरहरु हेरफेर गर्ने डिल गरेको स्रोतको दाबी । र, कुन कुन शीर्षकमा करका दरहरु घटबढ गर्ने हो, त्यसको जिम्मेवारी दिएर बजेटलाई फाइनल गर्ने दिन मध्यरातमा नासु घिमिरे र सीएलाई पठाएका हुन् ।
शर्मा अर्थमन्त्री हुनेवित्तिकै भट्टकै डिजाइनमा आन्तरिक राजस्व विभागको महानिर्देशकमा लगिएका र ६ महिनामै अपमानपूर्वक सरुवा गरिएका सहसचिव शोभाकान्त पौडेलले अर्थमन्त्रालयका वास्तविक मन्त्री दीपक भट्ट नै भएको सहकर्मीहरुमाझमा भन्दैआएका छन् । उनले आफ्नो अनुभव सुनाउँदै भन्ने गरेका छन्–आवरणमा अर्थमन्त्री जनार्दन शर्मा हुन्, तर बिचौलिया भट्टले नै अर्थमन्त्रालय संचालन गर्ने गरेका छन् । अर्थमन्त्रालयका बिभागीय प्रमुखदेखि उच्चतहका कर्मचारी सरुवामा भट्टकै योजनाअनुरुप हुँदैआएको छ ।
दीपक भट्टले वीमा सम्बन्धी निर्णय गर्नेगरी उनलाई महानिर्देशक बनाएको तर नगरेपछि उनलाई ६ महिनामै विभागको महानिर्देशकबाट हटाइयो । देशबिरुद्ध घात गरी भावी पुस्ताले सराप्ने काम नगर्ने अडान राखेकै कारण पौडेललाई विभागको महानिर्देशकबाट भट्टको योजनामा हटाइएको थियो । पौडेलले अर्थमन्त्रालय जनार्दन शर्माले होइन, दीपक भट्टले संचालन गर्ने गरेको तीतो अनुभूति संगालेको आफ्ना सहकर्मीहरुलाई सुनाउने गर्दछन् ।
केही दिनअघि वीमा समितिबाट निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्समा सबै विमा कम्पनीले १० प्रतिशत विमा गर्नुपर्ने निर्णय गराउने निर्णय भइसकेको छ । सरकारी स्वामित्वको नेपाल पुनर्विमा कम्पनीमा पुनर्विमा गराउँदैआएका विमा कम्पनीहरुले अब निजी क्षेत्रका ब्यापारीहरुले खोलेको हिमालयन पुनर्बिमा कम्पनीमा अनिवार्य १० प्रतिशत पुनर्बिमा गराउनैपर्ने निर्णय गरेको छ । सरकारी स्वामत्विको पुनर्बिमा कम्पनीको ब्यापार खोसेर ब्यापारीहरुको पुनर्विमा कम्पनीमा विमा गराउनुपर्ने राष्ट्रघाती निर्णय गर्दा १ अर्बकै घुसको कारोबार भएको र त्यसको बिचौलिया पनि भट्ट नै भएको स्रोत बताउँछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend